रोल्पा । रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । मत्यु हुनेमा तीन पुरुष र एक महिला छन् ।
रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नं को बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिकाका २२ वर्षीय प्रकाश बाँठा, माडी-४ का ५० वर्षीय गोरख डाँगी र उनकी श्रीमती ४५ वर्षीया हस्ता डाँगी र परिवर्तन-३ का ४६ वर्षीय भक्त विक रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिनुभयो ।
दुर्घटनामा परी घाइते हुनेमा रोल्पाको माडी-६ का १४ वर्षीय नवीन बुढा, वडा नं ७ का ६२ वर्षीय कमानसिंह सुनार, रोल्पा नगरपालिका-६ दार्वोटका २५ वर्षीय कमानसिंह घर्तीमगर र माडी-४ का ९ वर्षीय मिलन डाँगी रहेका छन् । अन्य घाइतेमा माडी-६ कोर्चवाङका १५ वर्षीय मुकेश पुन, माडी-२ का २० वर्षीय जितेस बाँठा, सोही ठाउँका २३ वर्षीया हिमानी घर्तीमगर तथा हिमानी घर्तीमगरको ११ महिनाको छोरा ओल्सन रहेका छन् । अन्य घाइतेमा माडी-४ का ३३ वर्षीया कविता खड्का, कविताको पाँच वर्षको छोरा युस, माडी-४ का २६ वर्षीया मीना डाँगी र माडी-२ का २८ वर्षीया त्रिपना बाँठामगर छन् ।
दुर्घटनामा परी घाइते हुने अन्यमा परिवर्तन-३ का २४ वर्षीय खुम्बु बुढामगर, त्रिवेणी-२ नुवागाउँका १७ वर्षीया पूर्णिमा बुढामगर, सोही ठाउँका १३ वर्षीया सुस्मिता बुढामगर, माडी-२ घर्तीगाउँका ४० वर्षीया बिर्जना घर्तीमगर, माडी-२ घर्तीगाउँका २४ वर्षीय कमल खड्का, रोल्पा नगरपालिका-६ दारबोटका २४ वर्षीय ईन्द्रकुमार घर्तीमगर र दाङको घोराही उपमहानगरपालिका–१२ हापुरका २४ वर्षीय चालक हुमराज बस्नेत रहेका छन् ।
घाइतेमध्ये तीन जनाको गम्भीर छ । त्रिवेणी गाउँपालिका-७ तिला रीचिमा बस दुर्घटना भएको हो । बस सडकदेखि करिब एक सय ५० मिटर तल खसेको सूचना अधिकारी भुसालले बताउनुभयो ।