RayNewsDaily
शेयर बजारसँगै कारोबार रकम पनि वृद्धि

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार सामान्य अंक बढेर बन्द भएको छ । हिजो ठूलो अंक बढेर बन्द भएको शेयर बजार मापक नेप्सेले आज पनि सोही गतिलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक ५.१३ अंक बढेर २०६६.०५ विन्दुमा पुगेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो १ अर्ब ८८ करोडको शेयर कारोबार भएकोमा आज २६९ स्टकको ५७ हजार ७८९ पटकको कारोबारमा २ अर्ब १५ करोड ६५ लाख रुपैयाँ बराबरको ५५ लाख ३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

शेर1691660564.JPG

आज अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ९.०९ प्रतिशत बढेको छ । त्यसैगरी, सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ भने श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ६.५३ प्रतिशत घटेको छ । त्यस्तै, सुपर मादी हाइड्रोपावर र ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।

कारोबार रकमका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा रहेको छ । सो होटलको १६ करोड ९५ लाख ८२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, अप्पर तामाकोशीको ११ करोड २५ लाख ५१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये आज ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ ।

होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.६७ प्रतिशत बढेको छ । त्यस्तै, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । बैंकिङ्ग, विकास बैंक, वित्त, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक भने घटेको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update