रे समाचार/काठमाडौं । केही दिनदेखि लगातार घटिरहेको शेयर बजार आज पनि ठूलो अंकले घटेको छ । आज शेयर बजार मापक नेप्से सूचक २०.३१ अंकले घटेर २०२५.१२ अंकमा झरेको छ । आज कारोबार रकम पनि केही घटेको छ ।
आज १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६२३ रुपैयाँ बराबरको ४८ लाख ३८ हजार १०६ कित्ता शेयर कारोबार भएको छ । आज १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्, जसमा हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै १.८५ प्रतिशतले घटेको छ ।
आज बलेफी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ३.९९ प्रतिशतले बढेको छ भने स्वरोजगार लघुवित्तको ३.७७ प्रतिशत र थ्रि स्टार हाइड्रोपावरको २।४० प्रतिशतले बढेको छ । यता माउन्टेन हाइड्रोको शेयरमूल्य सबैभन्दा धेरै ८.०६ प्रतिशतले घटेको छ भने श्वेत गंगा हाइड्रोपावरको ८.०३ प्रतिशत र धवलागिरी लघुवित्तको ७.८९ प्रतिशतले घटेको छ ।