RayNewsDaily
शेयर बजारमा सामान्य सुधार

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार सामान्य अंकले वृद्धि भएको छ । पछिल्ला ३ कारोबार दिनदेखि ओरालो लागिरहेको शेयर बजार मापक नेप्से आज भने बढेर बन्द भएको हो । आज नेप्से परिसूचक ८.०१ अंक बढेर २०३३.१३ विन्दुमा पुगेको छ ।

आज नेप्से परिसूचक बढे पनि कारोबार रकम भने हिजोको तुलनामा केही घटेको छ । हिजो १ अर्ब ६७ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २७१ स्टकको ४३ हजार ५९१ पटकको कारोबारमा १ अर्ब ५४ करोड १३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाई सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, लिबर्टी इनर्जीको शेयरमूल्य ९.७४ प्रतिशत बढेको छ भने अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । 

कारोबार रकमका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको साढे १३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । आइएमई लाइफ इन्स्योरेन्सको करिब ८ करोडको शेयर खरिदबिक्री भएको छ भने घोराही सिमेन्टको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये आज एउटा उपसमूहको परिसूचक घटेको छ भने बाँकी १२ उपसमूहको परिसूचक बढेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.५३ प्रतिशत बढेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक आज २ प्रतिशत बढेको छ । अन्य उपसमूहका परिसूचकको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update