रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार ठूलो अंक घटेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन बढेर बन्द भएको शेयर बजार मापक नेप्से आज पुनः ओरालो लागेको हो । आज नेप्से परिसूचक ३१.५२ अंक घटेर २०१३.९३ विन्दुमा झरेको छ ।
नेप्से घटे पनि आज कारोबार रकम भने सामान्य बढेको छ । हिजो १ अर्ब ५१ करोडको शेयर कारोबार भएकोमा आज २७५ स्टकको ४० हजार ८०० पटकको कारोबारमा १ अर्ब ५५ करोड ५ लाख रुपैयाँ बराबरको ४६ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.९२ प्रतिशत घटेको छ । त्यसैगरी, विकास बैंक, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
नेप्से घटे पनि आज एउटा स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । मकर जीतुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतले बढेको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने २ प्रतिशतभन्दा कम रहेको छ । मोलुङ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ८.५४ प्रतिशत घटेको छ । यस्तै समता घरेलु लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ ।
कारोबार रकमका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ७ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, घोराही सिमेन्ट्सको करिब ७ करोडको शेयर खरिदबिक्री भएको छ ।