काठमाडौं । ब्रिक्स नेताहरूको १५ औँ बैठकले दक्षिण अफ्रिकाको जोहानसबर्गमा हिजो अगष्ट २४ तारिख बिहान विशेष पत्रकार सम्मेलन गरी साउदी अरेबिया, इजिप्ट, संयुक्त अरब इमिरेट्स, अर्जेन्टिना, इरान र इथियोपियालाई आधिकारिक रूपमा ब्रिक्स परिवारको सदस्य बन्न आमन्त्रित गरेको घोषणा गरेको छ।
चाईना मिडिया ग्रुपका अनुसार यो एक ऐतिहासिक विस्तार हो र यस ब्रिक्स शिखर सम्मेलनको सबैभन्दा महत्वपूर्ण उपलब्धि मध्यको एक हो। जसले विकासोन्मुख देशहरूसँग एकता र सहकार्य गर्ने ब्रिक्स राष्ट्रहरूको दृढ संकल्पलाई झल्काउँछ। ब्रिक्सको विस्तारमा विचारलाई अवधारणाबाट वास्तविकतातर्फ डोर्याउन चीनले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सन् २०१७ मा स्यामन ब्रिक्स शिखर सम्मेलनमा चीनले ूब्रिक्स प्लसू सहयोग मोडेल प्रस्ताव गरेको थियो। सन् २०२२ मा चीनको राजधानी पैचिङमा भएको ब्रिक्स शिखर सम्मेलनमा चिनियाँ पक्षले ब्रिक्स विस्तारको प्रक्रियालाई प्रवर्द्धन गर्नुपर्ने स्पष्ट रूपमा बताएको थियो।
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जोहानसबर्ग शिखर सम्मेलनमा ब्रिक्स राष्ट्रहरूले आर्थिक विकासलाई प्रवर्द्धन गर्न,आर्थिक, व्यापारिक र वित्तीय सहयोगलाई गहिरो बनाउन, शान्ति कायम गर्न,राजनीतिक र सुरक्षा सहयोग विस्तार गर्न, सांस्कृतिक आदानप्रदानलाई सुदृढ गर्न, सभ्यताहरूबीच आपसी सिकाइलाई प्रवर्द्धन गर्न, निष्पक्षता कायम गर्न जोड दिनुभएको थियो।
राजनीतिक(सुरक्षा सहकार्य ब्रिक्सको अर्को महत्वपूर्ण पक्ष हो। सुरक्षा विकासको पूर्वशर्त हो। ब्रिक्सको राजनीतिक र सुरक्षा सहयोग विस्तार गर्ने चीनको प्रस्तावले विश्वका शान्तिप्रेमी जनताको साझा आकांक्षालाई प्रतिबिम्बित गर्दछ र शान्तिपूर्ण विकासको सामान्य दिशामा अडिग रहेको र विश्व शान्ति कायम गर्न आफ्नो शक्तिको योगदान ब्रिक्सका लागि अनुकूल रहेको छ।