जाजरकोट । जाजरकोट जिल्लालाई विद्युतीकरण गर्नका लागि ३ अर्बको ठेक्का गरिएको छ ।
जिल्लाको कुशे गाउँपालिकाको समाइला, पश्चिम जाजरकोटको वडावन लगायतका ठाउँमा नयाँ सव स्टेशन निर्माण गर्नका लागि तीन अर्बको नयाँ ठेक्का खोलिएको हो । यत्तिवेला भेरी नगरपालिकाको कुदुमा नयाँ सव स्टेशन निर्माण भइसकेको छ । त्यस्तै पुर्वी जाजरकोट सहित तल्लो डोल्पासम्म विद्युतीकरण गर्नका लागि नलगाडको चोखामा सव स्टेशन निर्माण कार्य जारी रहेको छ । बारेकोट, कुशे गाउँपालिकामा विद्युतकरण गर्नका लागि समाइला सव स्टेशन निर्माण गर्न ठेक्का खोलि कामको सुुरुवात हुने तरखरमा रहेको छ । यसैगरी पश्चिको छेडागाड, शिवालय र जुनिचाँदेमा विद्युतीकरण गर्नका लागि वडावनको सव स्टेशनबाट काम हुने भएको नेपाल विद्युत प्राद्यिकरण जाजरकोट शाखाका प्रमुख अविशेकराज कलुवारले जानकारी दिनुभयो । .
नयाँ सव स्टेशन निर्माणका लागि रकम विनियोजित भएपछि स्थानीयवासी हर्षीत भएका छन् । टुकी, दियालो र दियोका भरमा पुस्तौंले जीविकोपार्जन गरिरहेको जाजरकोटले अव विद्युतीकरणमा महत्वपूर्ण फड्को मार्ने स्थानीयहरुको विश्वास रहेको छ ।