सामाजिक सद्भाव कायम गर्न सबै संवेदनशिल बनौंः सभापति लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम गर्न सबै संवेदनशिल हुनुपर्ने बताउनुभएको छ ।
भरतपुर विमानस्थलमा आज संचारकर्मीसंग कुरा गर्दै उहाँले जातजाति र समुदायविच सद्भाव विथोल्ने काम कसैले गर्न नहुने बताउनुभयो । “जातीय र धार्मिक समुदायबीच द्वन्द्व बढाउने र समाजको सद्भाव खलबल्याउने अभिव्यक्तिप्रति सचेत बन्न सबैलाई आग्रह गर्दछु”, उहाँले भन्नुभयो, “यस्तो संबेदनशिल कुरामा संचारमाध्यम पनि सचेत बन्नुपर्छ।” कानुनले बर्जित गरेको गतिविधि नगर्न सुझाव दिँदै अध्यक्ष लामिछानेले फरकफरक समुदायको आस्थामा आँच आउने काम गर्न नहुनेमा जोड दिनुभयो ।
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८० २०:०९
प्रतिक्रिया दिनुहोस्