उच्चस्तरीय छानवीन टोली गठन गर्नु पर्छ – नेता डा. कोइराला
मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले मुलुक तस्करहररुको ट्रान्जिट केन्द्र भएकोले यसलाई नियन्त्रण गर्न उच्चस्तरीय छानवीन टोली गठन गर्नुपर्ने सुझाव दिनु भएको छ ।
नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पदस्थापन समारोहको उद्घाटन गर्दै उहाँले जनताले बुझने गरि ललिता निवास, भुटानी शरणार्थी, सुन तस्करी काण्डको छिनोफानो गरे मात्र मुलुकमा विश्वासको वातावरण सिर्जना भई सुशासन कायम हुने धारणा व्यक्त गर्नुभयो ।
मुलुकमा एकपछि अर्को गर्दैृ भ्रष्टाचार र पदीय आरचण विरुद्धका घटनाहरु बाहिरीएसँगै देशव्यापी रुपमा सरकारमा रहेका दलहरु र विपक्षी दलका नेताहरुले यस विषयमा चर्को आवाज उठाउनु सकारात्मक भएको विज्ञहरुको भनाइ छ ।
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८० २०:१२
प्रतिक्रिया दिनुहोस्