RayNewsDaily

रमेश हतुवाली/काठमाडौं । अमेरिकी परियोजना एमसीसी नेपालमा कार्यान्वयन नभई त्यसलाई कुनै पनि हालतमा खारेज हुनुपर्ने वक्ताहरुले बताएका छन् ।

शनिबार काठमाडौंस्थित संवाद डबलीमा क्रान्तिकारी कम्यूनिस्ट पार्टी नेपालले आयोजना गरेको ‘एमसीसी खारेज वा फिर्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने उनीहरुले सो परियोजना खारेजीको लागि हरेक नेपालीलाई सडकमा आउन आह्वान समेत गरेका छन् ।

Cp Gajurel1693062243.JPG

क्रान्तिकारी कम्युनिस्ट पार्टीका वरिष्ठ नेता सीपी गजुरेलले एमसीसी सम्झौता राष्ट्रघाती भएकाले लागू मात्र नभएर अब नेपालबाट फिर्ता हुनु पर्ने धारणा राख्नु भएको छ । नेता गजुरेलले एमसीसीको सम्झौता संसदबाट अनुमोदन गरेर दलहरुले देशका विरुद्ध ठूलो अपराध गरेको आरोप लगाउनु भएको हो। “जनताको दबाब र नेताहरुले अनुमोदन गर्नु गल्ति भएको महसुस गरेर कार्यान्वयन नगर्दा अमेरिकाले एमसीसी परियोजना फिर्ता लग्नु पर्छ, अन्यथा देशमा ठूलो द्वन्दको सिर्जना हुन्छ ।” नेता गजुरेलले भन्नुभयो ।

Camera Person @ MCC Progrm (3)1693062287.JPG

नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य सन्तोस बुढामगरले सत्तामा आउने हरेक नेताले अमेरीकीहरुको योजनाअनुसार एमसीसी परियोजनालाई आत्मसाथ गरेर राष्ट्रघात गरेको आरोप लगाउनु भयो । नेता बुढाले नेपालमा विदेशीहरुको रणनीति जसरी पनि नेपाललाई आफ्नो पञ्जामा राख्ने दाउ भएको जिकिर गर्नुभयो  ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य हेमन्तप्रकाश ओली‘शुदर्शन’ले एमसीसीका नाममा आउने कुनै पनि सहयोग स्वीकार्न नसकिने र त्यसको कार्यान्वयनलाई अबरोध गरेरै छाड्ने उद्घोष गर्नुभयो । 
 ।

सो पार्टीका अर्का नेता उदयबहादुर चलाउने‘दिपक’ले उत्तरी क्षिमेकी चीनलाई घेर्ने दीर्घकालिन् रणनीतिसहति नेपाल छिरेको अमेरीकी परियोजना एमसीसीलाई कुनै पनि हालतमा नेपालबाट विदा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

पूर्व जर्नेल डा।प्रेमसिंह बस्न्यातले वीर–पूर्खाहरुको ठूलो त्याग तपस्या र बलिदानीबाट निर्माण भएको एक सार्वभौम देश नेपाललाई विदेशीको खेल मौदानमा रुपान्तरण गर्न लागेको ओरोप लगाउनु भयो । उहाँले देशमा जुनसुकै किसिमका क्रान्तिकारीहरु आए पनि उनीहरुले आफ्नो स्वार्थ पूर्तिका निम्ति देशमाथि गद्दारी गरीरहेको बताउँदै भन्नुभयो,“देउबा, केपी र प्रचण्डहरुले भारत र अमेरीकालाई देशको स्वाभिमान बेचिरहेका छन्, अब देशभक्तहरु चुप बस्न हुँदैन ।”

   

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  २०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update