रे समाचार/काठमाडौं । निरन्तर घट्दो क्रममा रहेको शेयर बजारले आज पनि सोही क्रमलाई निरन्तरता दिएको छ । हिजो सामान्य अंक घटेर बन्द भएको शेयर बजार मापक नेप्से आज पनि घटेरै बन्द भएको हो । आज नेप्से परिसूचक २.८२ अंक घटेर १९९०.५९ विन्दुमा झरेको छ ।
नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो ८६ करोडको शेयर कारोबार भएकोमा आज १ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज सिटी होटलको शेयर करिब १० प्रतिशत बढेको छ । सो होटलको शेयरमूल्य ६८ रुपैयाँ बढेर ७५६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै, सानिमा बैंकको ऋणपत्रको मूल्य ५.७२ प्रतिशत बढेको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ ।
१४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको माछापुच्छ्रे बैंक कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ । सो बैंकको १० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आइएमई लाइफ इन्स्योरेन्स, लक्ष्मी सनराइज बैंक र नबिल बैंकको ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ । आज होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक १.३० प्रतिशत बढेको छ ।