RayNewsDaily

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चीनका राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आगामी चीन भ्रमणलाई मध्यनजर गर्दै उहाँहरुबीच आज स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिनुभयो ।     

Basnet and Chen Song 21693744977.jpg
भेटवार्तामा मन्त्री बस्नेतले चीन सरकारबाट तातोपानी नाकालाई व्यवस्थित बनाउने, भक्तपुरमा वीर अस्पताल विस्तार गर्नेलगायतका विषयमा कुराकानी गर्नुभएको थियो ।     

Basnet and Chen Song 31693745007.jpg
चीन सरकारले नेपालको स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै मन्त्री बस्नेतले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासका लागि सहयोगको माग गर्नुभयो । उहाँले देशभर गुणस्तरीय स्वास्थ्य सेवाको विस्तार, स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माण, आधुनिक एवं अत्यावश्यक स्वास्थ्य उपकरणका लागि सहयोगको माग गर्नुभयो ।     

Basnet and Chen Song 41693745033.jpg
राससका अनुसार मन्त्री बस्नेतले चीन सरकारको आर्थिक, प्राविधिक सहयोग तथा सहकार्यप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । साथै मन्त्री बस्नेतले भक्तपुरको दुवाकोटमा विस्तारका क्रममा रहेको वीर अस्पतालका लागि भौतिक संरचना निर्माणमा चीनबाट सहयोगको अपेक्षा राखेको पनि बताउनु भयो ।    

Basnet and Chen Song 51693745056.jpg राजदूत छन् सोङले चीन सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको सहयोगलाई निरन्तरता दिने बताउनुभयो । 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update