रे समाचार/काठमाडौं । चीन अध्यन केन्द्रको आयोजनामा काठमाडौमा आज 'कन्टेम्पोररी नेपाल चाइना टाइज' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल र चीनबीच ऐतिहासिक कालदेखिको सम्बन्धलाई बर्तमान परिपेक्षमा कसरी अझ सहयोगात्मक रुपमा बलियो बनाउने भन्ने बारे विज्ञले धारणा राख्नुभएको छ ।
कार्यक्रमको शुभारम्भमा बोल्नुहुँदै चीन अध्ययन केन्द्रका महासचिव डा. उपेन्द्र गौतमले नेपाल र चीनबीच पछिल्लो समयमा वढिरहेको आपसी सहयोगात्मक सम्बन्धलाई अझ प्रभावकारी बनाउने विषयमा अन्तरक्रिया कार्यक्रम केन्द्रित भएको बताउनु भयो । साथै महासचिव गौतमले दुई देशका विशेषज्ञहरुबीचको अनुभव साटासाट मार्फत महत्वपूर्ण निष्कर्ष निकाल्ने जानकारी दिनु भयो ।
कार्यक्रममा बोल्दै इन्स्टिच्यूट अफ साउथ एसियन स्टडिज (सिआइसिआइआर) का निर्देशक डा. हस सङले नेपाल र चीनबीचको द्विपक्षीय सहयोग र सहकार्यको चर्चा गर्नुहुँदै विगत १० वर्षमा दुई देशबीच महत्वपूर्ण कार्य भएको बताउनु भयो । डा. सङले सम्बोधनका क्रममा नेपाल र चीन सम्बन्ध, दक्षिण एशीयामा र विश्व राजनीतिमा आएका महत्वपूर्ण परिवर्तन र रणनीतिबारे गम्भीर समीक्षा गर्नुभयो । डा. सङले कुनै पनि देशको आर्थिक विकासका लागि राजनीतिक स्थिरता महत्वपूर्ण हने भन्दै भारतले १० वर्षमा राजनीतिक स्थिरताका कारण . आर्थिक क्षेत्रमा ठूलो प्रगति गरेको बताउनु भयो । नेपालको पर्यटन र जलविद्युत् क्षेत्रको विकास बारे चर्चा गर्नुहँुदै डा. सङले बिआर आई मार्फत धेरै काम गर्न सकिने सम्भावना भए पनि नेपालको राजनीतिक स्थिरता कम भएकाले नै बूढीगण्डकी र सेती जस्ता विशाल परियोजना अलपत्र परेको गुनासो गर्नुभयो ।
कार्यक्रममा चीनका लागि पूर्व नेपाली राजदूत राजेश्वर आचार्य, लीलामणी पौड्याल, पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, पूर्व सञ्चारमन्त्री डा. मीनेन्द्र रिजाल, चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराई लगायतले धारणा राख्नुभएको छ ।