काठमाडौं । चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेला, २०२३ सेप्टेम्बर २ तारिखदेखि चीनको राजधानी पैचिङमा सुरू भएको छ।
चीनका राष्टाध्यक्ष सी चिनफिङले भिडियोमार्फत् सो मेलालाई सम्बोधन गर्दै चीनले उच्चस्तरीय खुलापनको नीतिलाई बढाउने बताउनु भएको छ । एक तथ्याङ्क अनुसार, विश्वको सेवा व्यापारले विश्वको जीडीपीमा ६५ प्रतिशत भाग ओगटेको छ। त्यसमध्ये विकासोन्मुख मुलुकमा दुई तिहाइ र विकसित मुलुकमा ८० प्रतिशतको रोजगार सेवा उद्योगबाट आएको छ।
चालू वर्ष चिनियाँ सुधार तथा खुलापन सुरुभारम्भ भएको ४५औं वार्षिकोत्सव हो। सो कदमले चीनमा गहिरो परिवर्तन गर्नुका साथै विश्वलाई पनि गहन रूपमा प्रभाव पारेको छ। तथ्याङ्कका अनुसार, विगत १५ वर्षमा चिनियाँ सेवा आयात जम्मा ४ सय ५० खर्ब डलर पुगेको छ, जसले विश्वको सेवा आयातलाई १०.४प्रतिशतले बढाएको छ।
त्यसैले सम्बोधनमा राष्ट्राध्यक्ष सी चिनफिङले चीनले उच्चस्तरीय खुलापन बढाएर विभिन्न देशहरूको खुलापन र सहकार्यलाई नयाँ अवसर प्रदान गर्ने कुरा उहाँले प्रकट गर्नुभएको हो ।