रे समाचार/काठमाडौं । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न राठीकोल र आइडिया नेपालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । राठी एडेसिभ प्रालि र इन्टेरियर डिजाइनर एसोसियसन नेपाल (आइडिया नेपाल)बीच विभिन्न क्रियाकलापमा सहकार्य गर्ने सम्झौता भएको हो। आज राजधानीमा आयोजित एक कार्यक्रममा दुवै संस्थाबीच नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै बजारमा स्थापित गर्न उक्त सम्झौता गरिएको हो ।
राठीका प्रमुख योगेश राठीले दुवैको उद्देश्य एउटै भएकाले सहकार्यको सम्झौता भएको बताउनु भयो । ‘राठीले विदेशी उत्पादनलाई कम गरी नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै लैजाने हिसाबले विगत ३५ वर्षदेखि एडेसिभ उत्पादनहरू गरिरहेको छ’, सम्झौता कार्यक्रममा उहाँले भन्नुभयो, ‘ हामीले देशको बढ्दो व्यापार घाटा घटाउने उद्देश्यले नेपालसँग सहकार्य गरेका हौं । राठीकोल नेपालको उत्कृष्ट ब्राण्ड हो । यसलाई अझ उचाइमा पुर्याउने हाम्रो साझा लक्ष्य हो।''
आइडिया नेपालका अध्यक्ष श्याम श्रेष्ठले राठीकोलका उत्पादनहरू कम्पनीले भनेअनुसार उच्च गुणस्तरको रहेकाले आफूले सहकार्य गर्ने निर्णय गरेको बताउनु भयो । ‘राठीले इन्टेनियर डिजाइनलाई सुलभ मूल्यमा अन्तर्राष्ट्रिय गुणस्तरको उत्पादनहरू देशैभरि आफ्ना विक्रेताहरू मार्फत उपलब्ध गराउनेछ’, श्रेष्ठले भन्नुभयो, ‘नेपालमै बनेका इन्टेरियर सामग्रीहरूलाई प्रोत्साहन गरी नेपाली उत्पादनलाई बढावा दिने काम हाम्रो कम्पनीबाट हुनेछ ।''