रे समाचार/काठमाडौं । साताको पहिलो दुई कारोबार दिन बढेर बन्द भएको शेयर बजार आज भने घटेर बन्द भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १९.४२ अंक घटेर १९६७.५७ विन्दुमा झरेको हो । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो साढे १ अर्बको शेयर खरिदबिक्री भएकोमा आज १ अर्ब १३ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
नेप्से घटे पनि आज शुभम् पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ भने अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ । थ्रीस्टार हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने सुपरमादी हाइड्रोपावरको शेयरमूल्य ७.२२ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज नेपाल एसबिआई बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्को ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड उपसमूहको परिसूचक मात्र बढेको छ । अन्य १२ उपसमूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक आज ०.०४ प्रतिशत बढेको छ । विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।