RayNewsDaily
आजका मनैछुने तस्विरहरु (फोटो फिचर)
पोखरा-१७ बिरुवा फाँटमा लहलह भएको धानमध्येको अब्बल धान जेठोबुडो । तस्बिर : हरिप्रसाद बास्तोला, रासस

काठेपुल पार गर्दै सवारीसाधन1694852764.jpg

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका-१ अप्पर पिसाङ हुँदै घ्यारु जाने क्रममा मर्स्याङ्दी नदी तर्न बनाइएको काठेपुल पार गर्दै सवारीसाधन । अस्थायी काठेपुलको भरमा दैनिक दर्जनौं सवारीसाधन आवतजावत गर्ने गर्दछन् । तस्बिर : नवीन लामिछाने, रासस

सूचना स्तम्भ1694852861.jpgटोखा नगरपालिका-७ दहाल गौडामा अवस्थित सूचना स्तम्भ । यस सूचना स्तम्भमा रहेको डिजिटल बोर्डमा नगरपालिकाको सूचना राखिन्छ । तस्बिर : हरिराम भेटुवाल/ रासस

धानबाला झुल्दै1694852926.jpgसुर्खेतको वीरेन्द्रनगर- ३ मूलपानीमा रहेको हरियाली धानबाला झुल्दै । तस्बिरः सुरेश आचार्य, रासस

बाली संस्कृति धान्दै ठाकुर1694853015.jpgसुनसरीको इनरुवा-२ मा घरमै गएर बालकको कपाल मुण्डन गर्दै ठाकुर (लौवा) । सुनसरीका गाउँगाउँमा अझै पनि ठेक्का (बाली) लिएर घरमै गएर कपाल काट्ने र सोबापत वार्षिक रुपमा पैसा, विभिन्न अन्न तथा दाल लिने चलन छँदैछ । तस्बिर : नवीन गड्तौला, रासस

माछापुच्छ्रे हिमाल1694853092.jpgपोखरा महानगरपालिका-१४ मझेरीपाटनबाट शनिबार बिहान देखिएको माछापुच्छ्रे हिमाल। तस्बिरः राधिका कँडेल/रासस

गाडीमै खाजा घर1694853158.jpgसुर्खेतको वीरेन्द्रनगरस्थित रङ्गशाला नजिकै गाडीमा राखिएको खाजा घर 'फुड ट्रक' । यसका सञ्चालकले 'फुड ट्रक'लाई विभिन्न स्थानमा लगेर व्यापार गर्दै आएका छन् । तस्बिर : सुरेश आचार्य, रासस

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update