RayNewsDaily
संयुक्त राष्ट्र संघीय महासभाको ७८औँ सामान्य बहसमा चीनका उप-राष्ट्राध्यक्ष हान चङ सहभागी हुने

काठमाडौं । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले सेप्टेम्बर १८ देखि २३ तारिखसम्म चीनका उप-राष्ट्राध्यक्ष हान चङले संयुक्त राष्ट्र संघीय महासभाको ७८औँ सामान्य बहसमा सहभागी हुनुभएको छ ।

सो अवसरमा उहाँ संयुक्त राष्ट्र संघको दीगो विकास लक्ष्य शिखर सम्मेलन, जलवायु महत्वाकांक्षा शिखर सम्मेलन, चीनबाट आयोजित विश्व विकास इनिशिएडिभको सहयोग उपलब्धि प्रदर्शनको उच्च स्तरीय बैठक, संयुक्त राष्ट्र संघका महासचिव, संयुक्त राष्ट्र संघीय महासभाका अध्यक्ष तथा सम्बद्ध मुलुकका नेतासँग भेटलगायत कार्यक्रममा संलग्न हुनुहुने जानकारी दिनुभएको छ।

सेप्टेम्बर १५ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माउ निङले उक्त कुरा बताउनुभएको हो।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update