RayNewsDaily
आजका मनैछुने तस्विरहरु (फोटो फिचर)
शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जसँगै जोडिएको नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ३ र ४ को बीचमा रहेको लखिनश्वरी झरना । तस्बिर : हरिराम भेटुवा, रासस

AKY_Rajbiraj-IMG_20230917_0956421694957615.jpgसप्तरीको राजविराजमा बिश्वकर्माको मूर्तिमा रङ्ग लगाउँदै कालिगढ । तस्बिर : अरूणकुमार यादव, रासस

BRB_Rajha-sadakblast1694957699.jpgबाँकेको राप्ती सोनारी गाउँपालिका-८, नयाँगाउँ नजिकैको पूर्व-पश्चिम राजमार्गमा गए राति भएको विष्फोटबाट क्षति पुगेको सडक अनुसन्धान तथा अवलोकन गर्दै सुरक्षाकर्मी । सडक भत्किएका कारण एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भएका छन् । तस्बिरः भेषराज बस्नेत, रासस

KA_Bharatpur-IMG_88291694957771.jpgचिकित्सक उपचार गर्न नआएपछि चितवनको भरतपुरस्थित क्यान्सर अस्पताल परिसरबाट बाहिरिँदै बिरामी र बिरामीका आफन्त । चिकित्सकमाथि कुटपिट भएको विरोधमा चिकित्सक सङ्घले देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्दको आब्हान गरेको छ । तस्बिरः कृष्ण आचार्य, रासस

YB_Bhojpur-suchanakendra1694957846.jpgनेपाल सकारको सय गन्तव्य भित्र पर्न सफल मुन्दुम पदमार्गमा आउने पर्यटकलाई लक्षित गरेर निर्माण भइरहेको पर्यटन सूचना केन्द्र । टेम्केमैयुङ गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा सूचना केन्द्र निर्माण भइरहेको छ । तस्बिर : युवराज विष्ट, रासस

MT_Godawari-murtiphpto1694957924.jpgकैलालीको धनगढी उपमहानगरपालिका-५ स्थित जाइका रवीन्द्रबहादुर चन्द ढुङ्गाबाट शिव मूर्ति निर्माण गर्दै । लामो समयदेखि उहाँले शिवलिङ्गलगायत विभिन्न मूर्तिहरु निर्माण गर्दै आउनुभएको छ । तस्बिर : मीन ठकुरी

GJ-Bedkot-Kanchanpur1694958265.JPG

ञ्चनपुरको बेदकोट नगरपालिका-७ मन्दिरपुरमा अटवारी पर्वको अवसरमा रोटी तयार गर्दै स्थानीय महिला। थारु समुदायमा अटवारी पर्व हर्षोल्लासका साथ मनाइदैछ। तस्बिरः गोकुल जोशी/रासस

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update