RayNewsDaily
चाइना मिडिया ग्रुपका निर्देशक र विश्व एन्टी डोपिङ एजेन्सीका अध्यक्ष बीच भेटवार्ता

काठमाडौं । चाइना मिडिया ग्रुपका निर्देशक शन हाइस्योङले हाङचौमा विश्व एन्टी-डोपिङ एजेन्सीका अध्यक्ष भिटोले बान्का र उहाँको नेतृत्वमा रहेको टोलीसँग भेट गर्नुभएको छ। हिजो भएको सो भेटमा दुवै पक्षले हाङचौ एसियाली खेलकुद, पेरिस ओलम्पिक खेलकुद, एन्टी-डोपिङ प्रचार र शिक्षा आदि विषयबारे वैचारिक आदानप्रदान गर्नुभएको छ।

यसअघि १९ औँ एसियाली खेलकुदको उद्घाटन समारोहको लागि आयोजित स्वागत भोजमा शन हाइस्योङ र आईओसीका अध्यक्ष थोमस बाहले पेरिस ओलम्पिक खेलकुदको सिग्नलको उत्पादन, प्रतियोगिताहरूको रिले प्रसारण र ओलम्पिक च्यानल स्थापनाबारे पनि छलफल गर्नुभएको चाईना मिडिया ग्रुपले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update