RayNewsDaily
प्रधानमन्त्री चीन भ्रमण : द्विपक्षीय वार्ता सुरु    
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी लि छ्याङ्लगायत प्रतिनिधिमण्डलको सोमबार पैचिङमा बसेको द्विपक्षीय बैठक । तस्बिरः प्रदीपराज वन्त, रासस

एकराज पाठक, पैचिङ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी लि छ्याङबीच चीनको राजधानी पैचिङमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ ।     

Prachanda_Li Qiang 11695624870.jpg

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी लि छ्याङ्गबीच भेटवार्ता । तस्बिरः प्रदीपराज वन्त, रासस
यहाँको स्थानीय समयअनुसार बिहान ११ बजे  जनबृहत सभा भवनमा सो भेटवार्ता सुरु भएको हो ।     
     
यसअघि प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री लिले जनबृहत सभा भवनमा स्वागत गर्नुभएको थियो । उहाँहरूबीच नेपाल-चीन सम्बन्धका विविध पक्ष एवं द्विपक्षीय हित र चासोका विषयमा विचारविमर्श भएको छ ।  

Prachanda_Li Qiang 11695624870.jpg  
     
सो भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागिता रहेको छ । भेटवार्तापछि द्विपक्षीय सहयोग एवं सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।     

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update