RayNewsDaily
हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान   
भाद्र शुक्लपक्ष अर्थात् यँलाथ्व द्वादशीका दिनदेखि सुरु हुने इन्द्रजात्रामा ठड्यइने यःसिं अर्थात् इन्द्रध्वज लिङ्गो मङ्गलबार हनुमाढोका दरबार परिसरमा ठड्याउँदै । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुरुप केन्द्रीय मानन्धर सङ्घको टोली भक्तपुरको सूर्

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान १०ः३७ बजेको साइतमा हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिएको छ ।    
    
प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिन्छ । समितिले दिएको साइतमा आज बिहान मानन्धर समूहले इन्द्रध्वजोत्थान गरेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो ।    
    
इन्द्रध्वजोत्थानका लागि गत भदौ ३१ गते वनयात्रा गरी लिङ्गो काटिएको थियो । यही असोज ६ गते लिङ्गोलाई भोटाहिटीबाट नगर प्रवेश गराइएको थियो । आज लिङ्गोलाई इन्द्रध्वजका रुपमा उठाएपछि इन्द्रजात्राको विशेष चहलपहल हनुमानढोका दरबार क्षेत्रमा सुरु हुन्छ ।    
    
जात्राको मुख्य दिन असोज ११ गते बिहीबार हनुमानढोका दरबार क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट व्यक्तिले इन्द्रजात्राको अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।    

 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update