RayNewsDaily
शेयर बजारमा १८ अंकको गिरावट

रे समाचार/काठमाडौं । हिजो १८ अंकले बढेको शेयर बजार आज त्यति नै अंक घटेर बन्द भएको छ । आज शेयर बजार मापक नेप्से परिसूचक १८.६० अंक घटेर २००४.३० विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो २ अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा आज १ अर्ब ८१ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आज मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९० प्रतिशत बढेको छ । त्यस्तै, एशियन हाइड्रोपावर र मोलुङ्ग हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी वृद्धि भएको छ भने अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । लक्ष्मी भ्यालु फण्ड २ को इकाई र शुभम पावरको शेयरमूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा आज सन नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको ७ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, एनआईसी एशिया बैंकको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.५१ प्रतिशत घटेको छ । त्यसैगरी, विकास बैंक, वित्त, लगानी र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update