RayNewsDaily
नयाँ चीन स्थापनाको ७४ औं वार्षिकोत्स चीनमा भव्य रुपमा मनाईँदै

काठमाडौं । आज चिनियाँ जनताले विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै नयाँ चीन स्थापनाको ७४ औं वार्षिकोत्सव भव्य रुपमा मनाईँरहेका छन् । 

New China 74 Years 21696168431.jpg

चीनको राजधानी पैचिङस्थित थिआन आन मन चौकमा आज विहान सबेरै चिनियाँ जनमुक्ति सेनाले विशेष समारोहबीच चीनको राष्ट्रिय झण्डा फहराएको थियो । सो समारोहमा उच्चपदस्थ चिनियाँ अधिकारीहरुका साथै हजारौं सर्वसाधारण चिनियाँ नागरिकहरुको सहभागीता रहेको थियो । समारोहमा सरिक भएका सर्वसाधारणहरुले हातमा राष्ट्रिय झण्डा बोकेर मातृभूमिको शान, मान र ख्यातीको कामना गर्दै शुभकामना साटासाट गरेका थिए ।

New China 74 Years 31696168466.jpg

राष्ट्रिय दिवसका उपलक्ष्यमा चीनको राजधानी शहर, प्रदेश सदरमुकाम र जिल्ला सदरमुकाम लगायत मुख्य सडक, चोक, सरकारी कार्यालय, शैक्षिक प्रतिष्ठान लगायत चारैतिर झकिझकाउ पारिएको छ भने सडकभरी पाँचतारे रंगीन राष्ट्रिय झण्डाहरु फहराईएको छ ।

New China 74 Years 51696168533.jpg

सन् १९४९ अक्टोबर १ अर्थात आजकै दिन चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा  सो पार्टीका अध्यक्ष माओ चतोङले सामन्तवादी राज्यसत्ता पल्टाउँदै किसान, मजदूर र श्रमिक वर्गको नेतृत्व रहने गरि नयाँ चीनको स्थापना गर्नुभएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्षको अक्टोबर १ तारिखका दिन चीनमा नयाँ चीन स्थापना दिवस भव्य समारोहको आयोजना गरि मनाउने गरिन्छ । त्यसैगरी विश्वका विभिन्न देशहरुमा रहेका चिनियाँ कुटनीतिक नियोगहरुमा पनि भव्य रुपमा यो दिवस मनाउने गरिन्छ । सामन्तवादी शासनको कुचक्रमा हजारौं वर्षदेखि थिचिएर रहेका शोषित पिडीत चिनियाँ जनताले आजकै दिन मुक्ति प्राप्त गरेको हुनाले पनि यस दिनलाई चिनियाँ जनता गौरवका साथ अक्टोवर क्रान्ति भनि सम्बोधन गर्दछन् । सन् १९४९ अक्टोवर १ पछि निरन्तर चीनको विकास विश्वका लागि अनुकरणीय रहँदै आएको छ ।

New China 74 Years 71696168575.jpg

सन् १९७९ मा वरिष्ठ नेता तंग स्याओ फिंगको नेतृत्वमा विश्वका लागि खुला हुने र सुधार गर्ने नीति लागु गरेपछि चीनले आश्चर्यलाग्दो विकास मार्फत विश्वलाई आफुतिर आकर्षित गर्न सफल भएको छ ।

New China 74 Years 81696168613.jpg

आज चीन विश्वको दोश्रो ठूलो अर्थतन्त्र बन्न सफल भएकोमा चिनियाँ जनता चिनियाँ कम्युनिष्ट पार्टीको कुशल नेतृत्व हो भनि मान्ने गर्दछन् । 

New China 74 Years 91696168650.jpg

New China 74 Years 101696168685.jpg

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update