RayNewsDaily
दाङमा डेङ्गु सङ्क्रमणबाट मृत्यु   

घोराही (दाङ) । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ ।    
    
रोल्पा माडी गाउँपालिका-२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिनुभयो । डाँगीलाई केही समयअघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा भने आइतबार साँझ उपचारका लागि ल्याइएको थियो ।    
    
उहाँकोे उपचारकै क्रममा आज बिहान मृत्यु भएको सूचना अधिकारी भट्टराईले भनाइ छ । डाँगीले श्री कृष्ण माध्यमिक विद्यालय घर्तीगाउँमा अध्यापन गराउँदै आउनुभएको थियो । रासस   

 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update