RayNewsDaily
मेक्सिकोमा गिर्जाघर भत्किँदा एघार जनाको मृत्यु   

मेक्सिको । उत्तरी मेक्सिकोको तामाउलिपास राज्यमा आइतबार एक गिर्जाघरको छाना भत्किँदा कम्तीमा एघार जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।    
    
राज्यका सार्वजनिक सुरक्षा प्रवक्ता जर्ज कुएलरले कम्तीमा एघार जनाको मृत्यु भएको पुष्टि गर्नुभयो । उहाँका अनुसार भग्नावशेषबाट हालसम्म १० जनाको उद्धार गरिसकिएको छ । उद्धारकार्य जारी छ । मदेरो शहरको सान्ता क्रुज गिर्जाघर भत्किनुको कारण संरचनागत कमजोरी हुन सक्ने कुएलरले बताउनुभयो ।    
    
 तामाउलिपासका गभर्नर अमेरिको भिल्लारियलले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । सिन्ह्वा  

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update