रे समाचार/काठमाडौं । शेयर बजार आज सामान्य अंकले बढेर बन्द भएको छ । हिजो साढे १७ अंक घटेर बन्द भएको शेयर बजार मापक नेप्से परिसूचक आज ९.२४ अंक बढेर १९६७.९७ विन्दुमा पुगेको छ ।
आज १ अर्ब १८ करोड ९९ लाख ३१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । १३ उपसमूहको परिसूचक बढेसँगै आज नेप्सेमा सामान्य सुधार देखिएको हो । आज बैंकिङ्ग उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । आज होटल तथा पर्यटन उपसमूह्को परिसूचक सर्वाधिक १.५२ प्रतिशत बढेको छ । त्यसैगरी, वित्त र जलविद्युत् उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।
नेप्से सामान्य बढे पनि आज मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य २७ रुपैयाँ ६० पैसा बढेर ३०३ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ । त्यसैगरी, बुद्धभूमि नेपाल हाइड्रोपावर र इन्फिनिटी लघुवित्तको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ । समता लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.६१ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको ६ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।