RayNewsDaily
जेलमा रहेकी इरानी मानव अधिकारकर्मी नर्गेसलाई नोबेल शान्ति पुरस्कार       

ओस्लो ।  इरानमा महिलामाथिको दमनविरुद्ध लड्दै आएकी महिला अधिकारकर्मी नर्गेस मोहम्मादीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । हाल उहाँ इरानको जेलमा हुनुहुन्छ ।    
    
 नर्वेली नोबेल कमिटीका अध्यक्ष बेरिट रेइस-एन्डर्सनले आज उक्त पुरस्कारको घोषणा गर्नुभएको हो ।    
    
पुरस्कारको रकम एक करोड १० लाख स्विडिस क्रोनर (करिब १० लाख अमेरिकी डलर) रहेको छ । डिसेम्बरमा नोबेल पुरस्कार प्रदान गर्दा उहाँलाई १८ क्यारेटको स्वर्ण पदक र डिप्लोमा समेत प्रदान गरिने छ । एपी

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update