RayNewsDaily

सुन्दरहरैँचा (मोरङ) । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक परेको छ ।    
    
लेटाङ-६ गुवाबारी निवासी लिम्बूकी आमा हंसनुमा लिम्बूको एक सय एक वर्षको उमेरमा आज बिहान आफ्नै निवास निधन भएको हो ।    
    
उहाँको पार्थिव शरीरलाई धार्मिक संस्कारअनुसार आज दिउँसो लेटाङ घाटमा दाहसंस्कार गरिने नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव ललितबहादुर श्रेष्ठले राससलाई बताउनुभयो ।    

मन्त्री लिम्बु नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङका सभापति एवं मोरङ क्षेत्र नं १ का सांसद हुनुहुन्छ । रासस   
 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update