RayNewsDaily
शेयर बजारमा उच्च गिरावट

रे समाचार/काठमाडौं । दशैंअघि सामान्य अंक घटेर बन्द भएको नेप्से परिसूचकले दशैं पछिको पहिलो कारोबार दिन पनि सोही क्रमलाई निरन्तरता दिएको छ । साताको पहिलो कारोबार दिन आज शेयर बजार मापक नेप्से परिसूचक २८.१८ अंक घटेर १८७५.६५ विन्दुमा झरेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन करिब १ अर्बको शेयर कारोबार भएकोमा आज ७३ करोड ९८ लाख ८७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयरमूल्य सर्वाधिक ८.९९ प्रतिशत बढेको छ । त्यसैगरी, सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी वृद्धि भएको छ भने घलेम्दी हाइड्रो र बिपिडब्लु लघुवित्तको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

आजैदेखि कारोबारमा आएको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको शेयरमूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, आज नेशनल हाइड्रोपावरको शेयरमूल्य करिब ८ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । त्यस्तै, आज हाथवे इन्भेष्टमेन्ट र सिटिजन लाइफ इन्स्योरेन्सको २ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.६८ प्रतिशत घटेको छ । त्यसैगरी, आज होटल तथा पर्यटन उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update