RayNewsDaily
शेयर बजार घट्ने क्रम जारी

रे समाचार/काठमाडौं । शेयर बजार घट्ने क्रम जारी रहेको छ । शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक ५.८३ अंक घटेर १८५८.५६ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने हिजोको तुलनामा बढेको छ । हिजो  ५७ करोडको शेयर कारोबार भएकोमा आज ८१ करोड २० लाख ८९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । १३ उपसमूहमध्ये आज एउटा  उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । आज लगानी उपसमूहको परिसूचक ०.०८ प्रतिशत बढेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक आज सर्वाधिक १.०१ प्रतिशत घटेको छ । 

आज सयपत्री हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.३९ प्रतिशत बढेको छ । त्यस्तै, हिमालयन लघुवित्तको शेयरमूल्य साढे ८ प्रतिशतले बढेको छ भने रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य साढे ७ प्रतिशतले बढेको छ । सोनापुर मिनरल्सको शेयरमूल्य आज पनि सर्वाधिक ७.९९ प्रतिशतले घटेको छ । सिद्धार्थ इक्विटी फण्डको इकाईमूल्य करिब ८ प्रतिशतले घटेको छ भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाईमूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १४ करोड ६० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, आशा लघुवित्त वित्तीय संस्थाको ७ करोडभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update