RayNewsDaily
जाजरकोट भुकम्पमा डरलाग्दो मानवीय क्षति, आठविसकोटमा मात्र २२ जनाको मृत्यु, १५० बढी घाइते

काठमाडौं । शुक्रवार राती ११ बजेर ४७ मिनेट जाँदा गएको भुकम्पका कारण कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम, सल्यान लगायतका जिल्लामा ठूलो क्षतिपुगेको छ । 

Jajarkot Bhukampa11699049944.jpg

शुक्रबार राती गएको ६.४ रेक्टरको भूकम्पमा परेर रुकुम पश्चिममा २२ जनाको मृत्यु भएको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर आठबिसकोट नगरपालिकामा मात्रै २२ बढीको मृत्यु भएको हो । उता जाजरकोटमा भूकम्पमा परेर नलगाड नगरपालिका उपमेयरको मृत्यु भएको पनि खबर प्राप्त भएको छ ।

Jajarkot Bhukampa_31699051170.jpg

रुकुम पश्चिममा भएको क्षतिको पछिल्लो जानकारीमा आठबिसकोट नगरपालिका वडानम्बर ११ मा छ जना वडानम्बर १३ मा तीन जना वडानम्बर १४ मा नौ जना र वडानम्बर १२ मा चार जना गरी २२ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । नेपाल टेलिभिजन

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update