जाजरकोट भूकम्पमा नलगाड नगरपालिकाका उपमेयर सरिता सिङको मृत्यु
रे समाचार/काठमाडौं । जाजरकोट केन्द्रविन्दू बनाएर शुक्रवार राती ११ बजेर ४७ मिनेट जाँदा गएको भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाका उपमेयर सरिता सिङ को मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठका अनुसार सदरमुकाम खलंगास्थित माथिल्लो थाप्लेमा सुतिरहेको अवस्थामा घर भत्किँदा उहाँको मृत्यु भएको हो । घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै सिंहको मृत्यु भएको हो।
भुकम्पका कारण कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम, सल्यान लगायतका जिल्लामा ठूलो क्षतिपुगेको छ । भूकम्पमा परेर आठबिसकोट नगरपालिकामा मात्रै २२ बढीको मृत्यु भएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८० ०४:४९
प्रतिक्रिया दिनुहोस्