RayNewsDaily

गण्डकी । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीन सरकारले भूकम्पपीडितका लागि प्रदान गरेको राहत सामग्री ग्रहण गर्नुभएको छ ।    

Chinese Aid_Bhukampa 11699435371.JPG    
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित आपत्कालीन सहयोग हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत छन् सोङले चीन सरकारले प्रदान गरेका राहत सामग्री उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।    
    
चीनले पीडितका लागि प्रदान गरेका उच्च गुणस्तरका ब्ल्याङ्केट, टेन्टलगायत सामग्री चीनको छन्दू विमानस्थलबाट दुईवटा विमानमार्फत आज पोखरा विमानस्थलमा ल्याइएको हो ।    

KD-Kaski1699435507.JPG
राससका अनुसार सहयोग हस्तान्तरण समारोहमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले नेपाललाई सङ्कट पर्दा जहिले पनि चीनबाट सहयोग प्राप्त हुने गरेको बताउनुभयो । नेपाल र चीनबीचको इतिहासदेखिको सम्बन्ध सार्वभौमसत्ता, स्वतन्त्रता र पारस्परिक हितमा आधारित रहेको उहाँले बताउनुभयो ।  

KD-Kaski-21699435605.JPG      
“नेपालको आर्थिक विकाससँगै सङ्कटको बेला जहिले पनि चीनले सहयोग गर्दै आएको छ । चीन सरकारले हामीलाई सङ्कटका समयमा सहयोग र सहानुभूति प्रदान गर्दै आएको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “वि.सं. २०७२ को भूकम्प, कोभिड महामारी र अहिले जाजरकोटमा गएको भूकम्पका बेला पनि चीन हामीसँगै छ ।”    

RK-Pokhara-20231108142113_REOS92371699435750.JPGभूकम्प पीडितहरुका लागि चीन सरकारले उपलव्ध गराएको राहत सामग्री लिएर बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका चिनियाँ सेनाको जहाज । तस्बिर : राधिका कँडेल/रासस
    
नेपालका लागि चिनियाँ राजदूत सोङले दुई देशबीचको सम्बन्ध मित्रताको रहेको जनाउँदै सङ्कटमा पनि एकअर्कालाई सहयोग गर्दै अघि बढेको बताउनुभयो । केही दिनअघि गएको भूकम्पबाट भएको क्षतिप्रति उहाँले दुःख व्यक्त गर्नुभयो । “दुःखको बेला नेपाली जनता र नेपाल सरकारसँग चीन साथमा छ,” उहाँले भन्नुभयो ।    

BP-Gandaki-21699435806.JPGनेपालका लागि चिनिया राजदुत छन् सोङ बुधबार पोखरा अन्तराष्ट्रिय विमानस्थलमा चीन सरकारका तर्फबाट भूकम्प प्रभावितका लागि उपलब्ध गराइएको सामाग्री हस्तान्तरण पश्चात मन्तव्य व्यक्त गर्दै । तस्बिर : वासुदेव पौडेल/रासस
    
चिनियाँ राष्ट्रपतिले नेपालमा भूकम्पबाट भएको क्षतिप्रति घटनालगत्तै नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई समवेदना सन्देश पठाएर पीडित परिवारप्रति सहानुभूति प्रदान गर्नुभएको राजदूत सोङले जानकारी दिनुभयो ।    

BP-Gandaki-11699435901.JPGउपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बुधबार पोखरा अन्तराष्ट्रिय विमानस्थलमा चीन सरकारका तर्फबाट भूकम्प प्रभावितका लागि उपलब्ध गराइएको सामाग्री ग्रहण पश्चात सम्बोधन गर्दै । तस्बिर : वासुदेव पौडेल/रासस
    
चीनद्वारा भूकम्पपीडितका लागि प्रदान गरिएका राहत सामग्री सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले जानकारी दिनुभयो ।    

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update