RayNewsDaily
अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख   

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई प्रोत्साहनस्वरुप रु एक लाख उपलब्ध गराएको छाँयानाथ रारा-१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी सोरु गाउँपालिका- लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय विवाह गरेपछि उक्त जोडीलाई नगरपालिकाले रकम उपलब्ध गराएको हो     
    
कामी बुढाले गत वर्ष माघमा विवाह गरेका थिए छायाँनाथ रारा नगरपालिकाले १२औँ नगरसभामा अन्तरजातीय विवाह गर्ने जोडीलाई रु एक लाख प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको थियो नगरपालिकाको १२औँ नगरसभाले आर्थिक वर्ष २०७९/८० देखि लागू हुने गरी नगरपालिकाभित्र अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन रकम दिने निर्णय गरिएको नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिनुभयो     
    
यस्तो प्रोत्साहनले समाजमा जातीय विभेद कम गर्न सहयोग पु-याउँछ”, नगरप्रमुख भामले विश्वास व्यक्त गर्नुभयो–-“यस्तो कार्यक्रम देशका अन्य स्थानीय तहले पनि ल्याउन जरुरी ”  रासस  
  
  

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update