RayNewsDaily
लाङ्टाङ पदमार्गमा पर्यटकको निधन   

रसुवा   रसुवाको हिमाली क्षेत्रमा पदयात्रामा आएका एक पर्यटकको लडेर मृत्यु भएको फ्रान्सका नागरिक ६८ वर्षीय प्याट्रिक जेन मारिइ मोलको बिहीबार लडेर निधन भएको हो      
    
प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीका अनुसार बिहीबार रसुवाको गोसाइँकुण्ड गाउँपालिका- स्थित क्याङ्जेन जाने प्रमुख पदमार्गअन्तर्गत लाङ्टाङ गाउँ आसपासको लुम्थाङमा लडेर मोल घाइते भएका थिए मोल काठमाडौँको त्रिनेत्र ट्रेकिङ एजेन्सीमार्फत लाङ्टाङको क्याङ्जेन जाँदै थिए उनको लाङ्टाङ क्षेत्रको सुरक्षामा खटिएका नेपाल प्रहरी नेपाली सेना विष्णुदल गणका सुरक्षाकर्मीले उद्धार गरेका थिए     
    
मोललाई फिस्टेल हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो हावाईमार्गबाट उपचारका लागि लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको ट्रेकिङ एजेन्सीले पाको उमेरका पर्यटकलाई सावधानीपूर्वक यात्रा गराउन छुट्टै पथप्रर्दशक वा सहयोगी व्यक्ति व्यवस्था गर्न आवश्यक हुन्छ   रासस 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update