RayNewsDaily
उल्लासका साथ मनाइयो नेपाल संवत् ११४४ (फोटो फिचर)
राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान शङ्खधर चोक, मध्यपुर थिमिद्वारा थिमिमा नेपाल सम्वतका प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाको प्रतिमामा भावपूर्ण स्रद्धा अर्पण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

काठमाडौं । नेपाल संवत् ११४४ का अवसरमा न्हूुदँ राष्ट्रिय समारोह समितिले आज वसन्तपुरमा आयोजना गरेको छ । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’,  समारोह समितिका अध्यक्ष प्रा डा नरेशमान बज्राचार्य लगायतले संवोधन गर्नुभएको थियो भने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल, जनकवि दुर्गालाल श्रेष्ठ, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र भीमसेनदास प्रधान, नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठलगायतको सहभागिता थियो । यसै गरी काठमाडौं उपत्यकाका विभिन्न स्थान र काठमाडौं बाहिर पनि नेपाल संवत्को नयाँ वर्ष शुरू भएको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको जानकारी प्राप्त भएको छ । ती समारोहका केही झलक तस्वीरमा हेरौं :

RG_Bhaktapur-IMG_95871699953522.jpgप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ शङ्खधर साख्वाः प्रतिष्ठानले मध्यपुरथिमिको शङ्खधर साख्वाः चोकमा आयोजना गरेको नेपाल संवतका प्रर्वतक एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण समारोहमा शङ्खधर बुलेटिन सार्वजनिक गर्दै ।

KN_Damauli-Nepal sambat ryali photo 21699953624.jpgनेपाल संवत् ११४४ का अवसरमा तनहुँको दमौली बजारमा मङ्गलबार निकालिएको सांस्कृतिक र्‍यालीमा सहभागीहरु ।

PL_Banepa-DSC_07341699953723.jpgनेपाल संवत ११४४ का अवसरमा काभ्रेपलाञ्चोकको बनेपामा मङ्गलबार विभिन्न संघ/संस्थाहरुले आयोजना गरेको न्हुदँया भिन्तुना र्‍यालीमा सहभागीिहरु । 

HRB_KTM_IMG_81011699953960.jpgकाठमाडौँको तारकेश्वर नगरपालिका-१० स्थित मनमैजुमा नेपाल संवत् ११४४ का अवसरमा आयोजित न्हूदँ भिन्तुना र्‍यालीमा सहभागीहरु ।

KDN_Dang-DSC_65671699954327.jpgनेपाल संवत् ११४४ का अवसरमा नेवार सेवा समिति घोराहीले मंगलबार दाङको घोराहीमा निकालेको भिन्तुना र्‍यालीमा झाँकी प्रस्तुत गर्दै नेवार समुदाय ।

PL_Banepa-DSC_06331699954424.jpgनेपाल संवत् ११४४ लाई स्वागत गर्दै बनेपा चैतन्य बहुमुखी क्याम्पस अगाडि बनाइएको पञ्च धातुसहितको अष्टमंगल मन्द र मन्दःअगाडी बसेर नेवारी पोशाक हाकुपटासीमा तस्बिर खिचाउँदै बालिकाहरु ।

KN_Damauli-123650291 (1)1699954543.jpgनेपाल संवत् ११४४ का अवसरमा मङ्गलबार तनहुँको ऑबुखैरेनीमा निकालिएको झॉकी ।

DS-Gorkha1699954768.jpgनेपाल सम्वत ११४४ को अवसरमा मङ्गलबार गोरखा सदरमुकाममा निकालिएको र्‍यालीमा धिमे बाजा बजाउदै नेवार समुदायका युवायुवतीहरु । सबै तस्वीर : रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update