RayNewsDaily
छठपर्वको व्रत विधि शुरू, आज ‘नहाय-खाय’   

महोत्तरी   मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका बासिन्दा जुटेका छन् पर्वको प्रारम्भ बर्तालुले आजनहायखायविधिबाट गर्दैछन् कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी राजसी भोजन परित्याग गरीअरबाअरबाइनविधि बिहीबार नै गरेका हुन् निरामिष (सात्विक) भोजन सुरु गरेर तृतीयाकै दिन व्रतको तयारी थाल्ने परम्परा     
    
मिथिलामा अहिले जताततै सूर्यदेव षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन् पर्वमा महिला÷पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको पाइन्छ आज कात्तिक शुक्ल चौथीका दिन बर्तालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनीतो खानेछन् यो विधिलाईनहायखायभनिन्छ यस पर्वले घरघरमा व्यस्तता बढाएको पूजा सामग्रीको जोरजाम व्यवस्थापनमा सबै खटिएका छन्     
    
श्रद्धा, निष्ठा आत्मिक शुद्धीलाई अत्यन्त महत्व दिइने छठमा पूजा प्रसाद सामग्री ठकुवा (गहुँको पिठो सख्खर मिसाएर शुद्ध घ्यूमा बनाइने खास परिकार), भुसुवा (कसार) अन्य मिष्ठान्न परिकार ढिकी, जाँतोमा कुटिएको पिधिंएको चामल गहुँको पिठोबाट नै पकाइने परम्परा यी परिकार पकाउन चुल्हो पनि नयाँ प्रयोग गरिन्छ पर्वमा सूर्यलाई अघ्र्य दिने हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार फुर्को (पातगुवो) सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्वविशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन्     
    
बिहीबार कात्तिक शुक्ल त्रितीयाका दिनअरबाअरबाइन आज (चौथी तिथि) ‘नहायखायविधि गर्ने बर्तालुले शनिबार निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन् यो विधिलाई मिथिलामाखरनाभनिन्छ     
    
बर्तालुले षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाइ सूर्यलाई देखाइन्छ यो व्रत आइतबार सम्पन्न गरिने यो विधिलाईसझुका अरखवासँझियाघाटभनिन्छ यसरीसझुका अरखमा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदा सूर्यलाई अघ्र्य दिएर देखाइएपछि छठ सम्पन्न हुने परम्परा यसपालि छठको समापन सोमबार बिहान सूर्योदयसँगै गरिने     
    
मिथिलामासझुका अरखसम्पन्न गरेर घाटमै बस्ने सप्तमीका दिन बिहान सूर्योदय हुन एक घडीअघिदेखि पानीमा चोबलिएर बर्तालुले गीतको भाखामा सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्छन् सबैजसो घाटमा रातभरि जाग्राम बस्न गीत, सङ्गीत, नाटक मनोरञ्जनका विभिन्न साधनको व्यवस्था गरिन्छ पछिल्लो समय छठ सबै नेपालीको साझा पर्व बन्दै गएको  रासस   

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update