RayNewsDaily
चीन र अमेरिकाका राष्ट्रनायक बीच भेटघाट हुने

काठमाडौं । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सानफ्रान्सिस्कोमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ।

आज अपरान्ह हुने सो भेटघाटमार्फत चीन(अमेरिका सम्बन्धको रणनीति, समष्टिगत स्वरूप र दिशात्मक विषय तथा विश्व शान्ति र विकाससँग सम्बन्धित रहेका महत्वपूर्ण समस्याहरूबारे गहन रूपमा वैचारिक आदान प्रदान हुने बताईएको छ । 

लामो समयदेखि विश्वका दुुईवटा सुपरपावर चीन र अमेरिकाबीचको तिक्तता कम गर्न र भविष्यमा सहयोगका नयाँ बाटाहरुको छनौट गर्न यो भेटवार्ता महत्वपूर्ण हुने विज्ञहरुको धारणा रहेको छ । सीएमजी

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update