RayNewsDaily
शेयर बजारमा उच्च गिरावट, कारोबार रकम पनि घट्यो

रे समाचार/कमाठमाडौं । शेयर बजारमा आज ठूलो अंकको गिरावट आएको छ । हिजो सामान्य अंकले बढेको बजारमा आज २३.८२ अंकको गिरावट आई नेप्से परिसूचक १८२९.६५ विन्दुमा पुगेको छ । नेप्ससँगै आज कारोबार रकम पनि घटेको छ । हिजो १ अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा आज ९५ करोड ४ लाख ७९ हजार रुपियाँको शेयर किनबेच भएको छ । 
आज मेन्छिमाया हाइड्रो पावरको शेयर ८ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । वृद्धि हुने अन्य प्रमुख कम्पनीमा बिपिडब्ल्यु लघुवित्त, एनआइसी एसिया फ्लेक्सी फन्ड, सयपत्री हाइड्रो पावर लगायत रहेका छन् । यसैगरी माथिल्लो मैलुङ खोला जलविद्युत्, महिला लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त, नेस्डो समृद्धि लघुवित्त सर्वाधिक गुमाउने कम्पनी रहेका छन् । यी कम्पनीका शेयर ७ देखि ९ प्रतिशतसम्म घटेका छन् ।

सर्वाधिक कारोबार गर्ने कम्पनीमा हिमालयन डिस्ट्रिलरी, सोना मिनिरल, शिवम् सिमेन्ट्स, सोल्टी होटल, हाथवे इन्भेस्टमेनट लगायत रहेका छन् । आज कारोबारमा आएका १३ उपसमूह म्युचुअल फण्ड बाहेक १२ उपसमूहको सूचक नकारात्मक देखिएको छ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update