RayNewsDaily
भारतीय वायुसेनाको विमान दुर्घटनाः दुईजना पाइलटको मृत्यु   

मेडक । भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु भएको छ ।    

दुईजना भारतीय वायुसेना (आईएएफ) पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलङ्गानाको मेडक जिल्लाको टुप्रन शहरमा दुर्घटनाग्रस्त भएको आईएएफ अधिकारीहरूले जनाएका छन् ।    

Pilot_Dead1701678410.jpg

अधिकारीहरुका अनुसार डिन्डिगुल जिल्ला नजिकै एयर फोर्स एकेडेमीमा तालिमका क्रममा बिहान ८:५५ बजे सो दुर्घटना भएको हो । पाइलटहरूमा एकजना प्रशिक्षक र अर्का क्याडेट हुन् ।    

एसपी रोहिणीले दिएको जानकारी अनुसार "यो डन्डिगुल ट्रेनिङ एयरक्राफ्ट हो। विमानभित्र दुई जना सवार थिए, तिनमा एकजना ट्रेनर र अर्का प्रशिक्षार्थी थिए। विमानस्थलका कर्मचारी र क्लु टोली घटनास्थल पुगेका छन् । दमकलले आगो निभाइरहेको छ ।"    

दुर्घटनाबारे अनुसन्धान जारी छ । एएनआई   
 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update