RayNewsDaily
बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते   

बैंकक । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने, २५ जना घाइते भएका छन् ।    

दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर रुखसँग ठोक्किँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।    

 उक्त बस राजधानी बैंककबाट सोङखला प्रान्तको नथवी जिल्लातर्फ लागि जाँदै गरेको थियो ।    

 दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । सिन्ह्वा     
 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update