RayNewsDaily
टिकटक प्रतिबन्ध सम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा   

काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज पेसी तोकिएको भए पनि सुनुवाइ नहुने भएको छ । न्यायाधीशद्वय सुस्मालता माथेमा र विनोद शर्माको इजलासमा पेसी तोकिएको भए पनि उक्त मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा परेको हो ।    
    
न्यायाधीश विनोद शर्माको एकल इजलासले यही मङ्सिर ५ गते प्रारम्भिक सुनुवाइ गर्दै दश दिनभित्र कारण देखाउ आदेश जारी आजका लागि पेसी तोकेको थियो । अदालतले उक्त विवादमा यही मङ्सिर १५ गतेभित्र लिखित जवाफ माग गरीे यही मङ्सिर १९ गते सुनुवाइका लागि पेसी तोक्ने आदेश गरेको थियो ।    
    
टिकटक प्रतिबन्धको विरोधमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १४ जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो । सरकारले गत कात्तिक २७ गते सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियोे ।  रासस

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update