RayNewsDaily
सार्वजनिक खर्चलाई उपलब्धिमूलक बनाइने   

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक खर्चलाई उपलब्धिमूलक बनाउने चुनौतीको सामना गर्ने गरी बजेट तर्जुमा गरिएको बताउनुभएको छ ।    
    
 सङ्घीय संसद्को बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री डा. महतले सार्वजनिक वित्त प्रणालीमा सुधारलाई बजेटको एक प्राथमिकताका रुपमा समावेश गरिएको जनाउनुभयो ।    
    
 प्रशासनिक लगायतका साधारण खर्च कूल बजेटको ७३ दशमलव १० प्रतिशत विनियोजन गर्दा पूँजीगत खर्चमा चाप परेको बताउनुभयो । उहाँले सार्वजनिक प्रशासनलाई व्यावसायिक र प्रभावकारी बनाउने चुनौतीका बाबजुद सरकारका प्रयासले सकारात्मक सङ्केत देखा परेको उल्लेख गर्नुभयो । उहाँले साधारण खर्चलाई सीमाभित्र राखी सार्वजनिक प्रशासनलाई प्रभावकारी र उपलब्धिपूर्ण बनाउने गरी बजेट तर्जुमा गरिएको जानकारी गराउनुभयो ।    

 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update