RayNewsDaily
प्रोत्साहन र अतिरिक्त भत्ता खारेज   

काठमाडौं । कर्मचारीलाई दिइँदै आएको प्रोत्साहन र अतिरिक्त भत्ता खारेज हुने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै भत्ता कटौती गर्ने जानकारी दिनुभएको हो ।    
    
उहाँले सार्वजनिक खर्च पुनरवालोकन आयोग, २०७५ ले दिएका सुझावबमोजिम २० वटा संस्थाहरुलाई खारेज गर्ने घोषणा पनि गर्नुभयो । साथै समान प्रकृतिका संस्था एकापसमा गाभिने र प्रदेशमा समायोजन गरिने पनि उहाँले बताउनुभयो ।    
    
अर्थमन्त्री महतले सार्वजनिक खरिदलाई सरलीकृत गर्ने, विद्युतीय बोलपत्रलाई प्राथमिकता दिइने र एकीकृत अनुगमन प्रणालीलाई प्रभावकारी बनाइने उल्लेख गर्नुभयो ।    
   

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update