नदी !
-भवानी न्यौपाने 'भावना'
बग्दैछ यो झर्झर गीत गाई
आमा बनी निश्चल प्रीत लाई
टिप्दै सुसेली म भरूँ कि राग
बल्दैछ झन् सिर्जनको चिराग।।
टिपेर बोली कविता खुसी छ
नदीसँगै को भन बेखुसी छ ?
बाढी बनी क्रान्ति कराउँदै छ
आवाजमा लोक हराउँदै छ।।
विचित्र पानी र पवित्र रूप
बुझ्नै नसक्ने त्यसको स्वरूप
आँखाहरूबाट बगेर पानी
रुन्चे बनायौ किन हो कहानी ?
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८० १८:५६
प्रतिक्रिया दिनुहोस्