RayNewsDaily
शेयर बजारमा उछाल

रे समाचार/काठमाडौं । आज पनि शेयर बजार उच्च अंकले बढेर बन्द भएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि बढ्न थालेको बजारले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । शेयर बजार मापक नेप्से परिसूचक आज ४५.९८ अंक बढेर २१०६.४८ विन्दुमा पुगेको छ । यो वृद्धि करिब ५ महिना यताकै उच्च हो । यसअघि गत साउन ११ गते नेप्से परिसूचक २१२६.४८ विन्दुमा रहेको थियो । 

५ अर्ब ९८ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ११ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ५ वटा स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट् शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३७ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, सोल्टी होटलको साढे २८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको साढे १६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ६.९४ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ४.७४ प्रतिशतले वृद्धि भएको छ भने जीवन बीमा उपसमिूहको परिसूचक ३.१२ प्रतिशतले बढेको छ । बैंकिङ्ग, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update