RayNewsDaily
गाजा पट्टिमा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २० हजार नाग्यो       

गाजा (प्यालेष्टिनी अधिनस्थ क्षेत्र) । गत अक्टोवरमा ७ मा इजरायली आक्रमण सुरु भए देखि डिसेम्बर २० सम्म गाजा पट्टिमा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २० हजार नाघेको हमास निकट सञ्चार कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।    
    
विज्ञप्तिका अनुसार पीडितमध्ये आठ हजारभन्दा बढी बालबालिका, छ हजार २०० महिला छन् । आक्रमणमा ५२ हजार भन्दा बढी ब्यक्तिहरू घाइते भएका छन् भने छ हजार ७०० भन्दा बढी ब्यक्तिहरू बेपत्ता भएका छन् ।    
    
इजरायली हमलामा कूल तीन सय दश चिकित्सा कर्मचारी, ३५ सैन्य कर्मचारी तथा ९७ जना पत्रकारहरूको मृत्यु भएको विवरण थप भएको छ ।    
    
हमलामा हेब्रोन र बेथलेहेमका वेस्ट बैंक सहरमा इजरायली सैनिकसँगको झडपमा दुई प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।    
    
गत अक्टोबर ७ मा इजरायल–प्यालेस्टिनी द्वन्द्वको दोस्रो चरणसुरु भएदेखि यस क्षेत्रमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीकोे सङ्ख्या ३०३ तीन पुगेको वाफा नामक प्यालेस्टिनी समाचार संस्थाले अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ ।    
    
इजरायली तालिका अनुसार इजरायलले अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणको बदलामा गाजामा निरन्तर आक्रमण गरिरहेको छ । सिन्हवा 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update