RayNewsDaily
चीनद्वारा चारवटा मौसम विज्ञान उपग्रह प्रक्षेपण       

चीन, जिउक्वान । चीनले सोमबार उत्तर पश्चिम चीनको जिउक्वान स्याटेलाईट प्रक्षेपण केन्द्रबाट चारवटा मौसम विज्ञान उपग्रह सफलतापुर्वक अन्तरिक्षमा पठाएको छ ।    
    
तियानमु-१ मौसमी तारामण्डलका उपग्रहहरू कुआइझोउ-१ ए रकेटद्वारा बेइजिङको समयअनुसार बिहानको ९ बजे प्रक्षेपण गरी योजनाबद्ध कक्षमा प्रवेश गरेका छन् ।    
    
क्वाइझोउ-१ ए रकेटको २३ औँ उडान अभियानमार्फत् पठाइएका स्याटेलाईटहरू मुख्य तथा व्यवसायिक मौसमी तथ्याङ्क सेवा प्रदान गर्न प्रयोग गरिने छ । सिन्ह्वा

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update