RayNewsDaily
चाइना मिडिया ग्रुपका महानिर्देशकद्वारा नयाँ वर्षको शुभकामना

काठमाडौं । चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइस्योङले नव वर्ष सन् २०२४ को उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ । महानिर्देशक शन हाइस्योङले सीजीटीएन, चाइना रेडियो इन्टरनेसनल र इन्टरनेटमार्फत् विश्वभरीका श्रोता तथा दर्शकलाई नयाँ वर्षको बधाई तथा शुभकामना सन्देश दिनुभएको हो । 
सन्देशमा उहाँँले 

 सन् २०२३ मा चीनको बेल्ट एण्ड रोड अवधारणा (बीआरआई) ले तीव्र विकासको उपलब्धिमूलक पहिलो दशक पूरा गरेको बताउनु भएको छ ।  चीन र विश्व हातमा हात मिलाएर अघि बढिरहेको उल्लेख गर्नुहुँदै  उहाँँले चाइना मिडिया ग्रूपले यस समृद्धिको मार्गमा बहु-सभ्यता आदानप्रदानलाई बढाउँदै लेन्स, कलम र मसीले संसारमा अनगिन्ती सुन्दर र मर्मस्पर्शी चीजहरू रेकर्ड गरिरहेको बताउनु भएको छ । 

"सन् २०२४ मा चिनियाँ चन्द्रमा पात्रो अनुसार ड्रागनको वर्ष हो। ड्रागन चिनियाँ सभ्यताको एक पौराणिक प्रतीक हो जुन शुभ र सदिच्छापूर्ण छ, जसले सबै मतभेदहरू सुरक्षित राख्दै साझा आधार खोज्ने, स्वर्ग र पृथ्वीबीच सहजीवनको भावनाको प्रतिनिधित्व गर्दछ। नयाँ यात्रामा अघि बढिरहेका चिनियाँ जनताले ड्रयागन वर्षमा नयाँ चीनको स्थापनाको ७५ औं वर्षगाँठ मनाउनेछन्। चाइना मिडिया ग्रूपले ड्रागन र बाघको छलाङ र ड्रागन घोडाको आत्माको साथ विश्वमा थप अद्भुत चिनियाँ कथाहरू लगायत विश्व कथाहरू फैलाउँदै जाने छ। मानव सभ्यताको आधुनिक अध्याय लेख्दै जाने छ र नयाँ वसन्तलाई एकसाथ स्वागत गर्दै जानेछ ।"  सन्देशमा महानिर्देशक शन हाइस्योङले भन्नुभएको छ । 

सन्देशको पूर्णपाठ यसप्रकार छः

प्रिय मित्रहरु,

नयाँ वर्षको पहिलो किरणसँगै हामी आशाका साथ सन् २०२४ मा प्रवेश गरेका छौं। म पैचिङबाट तपाईंहरू सबैलाई नमस्कार गर्दछु !

भरखर गएको सन् २०२३मा चीनको बेल्ट एण्ड रोड अवधारणा (बीआरआई) ले तीव्र विकासको उपलब्धिमूलक पहिलो दशक पूरा गरेको छ र  चीन तथा विश्वबीच हातमा हात मिलाएर अघि बढिरहेको छ। चाइना मिडिया ग्रूपले यस समृद्धिको मार्गमा बहु-सभ्यता आदानप्रदानलाई बढाउँदै लेन्स, कलम र मसीले संसारमा अनगिन्ती सुन्दर र मर्मस्पर्शी चीजहरू रेकर्ड गरिरहेको छ।

यस वर्ष, हामीले फेरि एक पटक "विचार+कला+प्रविधि" को नवीनतालाई नयाँ उचाइमा धकेलेका छौँ। राष्ट्राध्यक्ष सीलाई मन पर्ने ऐतिहासिक भनाईहरुको बहुभाषिक संस्करण (सिजन २)' विश्वका ८० भन्दा बढी देशमा प्रसारण भइसकेको छ। "सांस्कृतिक सन्दर्भमा शहरी विकास", "प्राचीन चीनको खोजी", "सभ्यताको सामना" र "संक्षिप्त तरिकामा चीनको अन्वेषण" जस्ता ठूलो संख्यामा उत्कृष्ट सांस्कृतिक कार्यक्रमहरूबाट चीन लगायत विश्व सभ्यताको चम्किला ताराहरूलाई चम्काउने क्रमलाई जारी राखिएको छ। सम्पूर्ण इन्टर्नेटमा हाङचौ एशियाली खेलकुदको रिले प्रसारणको संख्या ४१.४ अरब पटक पुग्यो जुन इतिहासमा सर्वश्रेष्ठ रेकर्डको रुपमा पाइएको छ।

यसै वर्ष, हाम्रा "साथीहरूको सर्कल" उत्साहले भरिएको छ। पुराना साथीहरू निर्धारित योजनामा आइरहेका छन् भने नयाँ साथीहरू बढिरहेका छन्। हामीले अन्तर्राष्ट्रिय मिडिया संगठनहरूसँग ५८ वटा सहयोग सम्झौताहरूमा हस्ताक्षर गरेका छौं। साथै दोस्रो ग्लोबल मिडिया नविनता फोरम, आसियान साझेदार मिडिया सहयोग फोरम र अफ्रिकी साझेदार मिडिया सहयोग फोरमको आयोजना गरेका छौं। ५१ वटा "चिनियाँ आधुनिकीकरण र विश्व" भन्ने विश्वव्यापी मिडिया गतिविधिहरू, विदेशमा ८ वटा "सभ्यताको ब्याख्या" प्रदर्शनीहरूमार्फत् हामीले शान्तिपूर्ण विकास, पारस्परिक लाभकारी सहयोग साझा समृद्धि लगायत विश्व आधुनिकीकरणको सुन्दर चित्र विश्वभरका साथीहरूमाझ कोरेका छौं।

आजको विश्व अशान्त छ। शान्ति, विकास, सहयोग र जीत-जीत परिणामको ठूलो आवश्यकता छ! धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय मित्रहरूले चीनको विचार र प्रस्तावहरू बुझ्न, सहमत हुन र समर्थन गरिरहेको देखेर हामी खुशी छौं। एपेक सम्मेलनको अवधिमा हामीले अमेरिकाको सान फ्रान्सिस्कोमा चीन-अमेरिका मानवीय आदानप्रदान तथा मैत्रीपूर्ण वार्तालाप आयोजना गरेर निकै राम्रा प्रतिक्रिया पाएका छौँ। फ्लाइंग टाइगर्स टोलीका सय वर्षिय सदस्य हेनरी मोयले पनि उक्त कार्यक्रममा भाग लिनुभएको थियो। उहाँले मलाई यसरी बताउनुभयोः राष्ट्राध्यक्ष सीको संयुक्त भाग्य समुदाय निर्माणको विचारबाट सबैको मन्तव्य पोख्नुभएको छ। जब मैले चीनबाट फर्केर अमेरिकाको लिंकन मिडिल स्कूलका केटाकेटीहरूबाट हस्तनिर्मित पोस्टकार्डहरू, ग्लोबहरू र साना गहनाहरू पाएँ। यी प्यारा साना उपहारहरू देखेर, मैले बच्चाहरूको शान्ति, मित्रता र सुन्दरताको लागि लालसा महसुस गरेँ।’

विश्वको सबैभन्दा ठूलो व्यापक मिडिया समूहको रूपमा, चाइना मिडिया ग्रूप पाँच वर्षको भएको छ, र "सानो कमलले यसको तीक्ष्ण कुनाहरू देखाउँछ" भन्ने अवस्थादेखि "फराकिलो समुद्रमा माछा जस्तै उफ्रन्छ र आकाशमा चराहरू जस्तै उड्छ" सम्म विकसित भएको संघर्षको अनुभव गरेको छ। गत वर्ष, हामीले हाम्रो १९१औं विदेशी स्टेशनको निर्माण पूरा गर्यौं जसबाट विश्वभरका ६७ देशहरू र क्षेत्रहरूलाई ढाकिने विदेशी संचार नेटवर्क निर्माण गर्यौं। साथै सीजीटीएनका अन्तर्राष्ट्रिय प्रयोगकर्ताहरूको संख्या पहिलो पटक ७० करोड भन्दा बढी पुग्यो। यसै क्रममा हामीले विश्वमा महत्त्वपूर्ण र ठूला घटनाको रिपोर्ट गर्दा पटक पटक गरी विश्वमा पहिलो सार्वजनिक विश्वासिलो समाचार श्रोत बनिसकेका छौँ। विश्वस्तरीय नयाँ ढाँचाको मिडिया निर्माणको यात्रामा, हामी "उच्च गुणस्तरका उत्पादनहरू"को लक्ष्यका साथ गतिलाई जारी राख्दै जानेछौं।

प्रिय मित्रहरू, सन् २०२४ मा चिनियाँ चन्द्रमा पात्रो अनुसार ड्रागनको वर्ष हो। ड्रागन चिनियाँ सभ्यताको एक पौराणिक प्रतीक हो जुन शुभ र सदिच्छापूर्ण छ, जसले सबै मतभेदहरू सुरक्षित राख्दै साझा आधार खोज्ने, स्वर्ग र पृथ्वीबीच सहजीवनको भावनाको प्रतिनिधित्व गर्दछ। नयाँ यात्रामा अघि बढिरहेका चिनियाँ जनताले ड्रयागन वर्षमा नयाँ चीनको स्थापनाको ७५ औं वर्षगाँठ मनाउनेछन्। चाइना मिडिया ग्रूपले ड्रागन र बाघको छलाङ र ड्रागन घोडाको आत्माको साथ विश्वमा थप अद्भुत चिनियाँ कथाहरू लगायत विश्व कथाहरू फैलाउँदै जाने छ। मानव सभ्यताको आधुनिक अध्याय लेख्दै जाने छ र नयाँ वसन्तलाई एकसाथ स्वागत गर्दै जानेछ !

अन्तमा फेरि तपाइँ र विश्वका विभिन्न मुलुकलाई नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्दछु !

 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update